बुधबार, चैत्र १३ २०८१

बुधबार, चैत्र १३ २०८१

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात, छ अर्ब १२ करोड राजस्व संकलन

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात, छ अर्ब १२ करोड राजस्व संकलन

झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend