२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात, छ अर्ब १२ करोड राजस्व संकलन

बुधवार , चैत्र १२, २०८१

झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट