आइतबार, चैत्र १७ २०८१

आइतबार, चैत्र १७ २०८१

तनहुँ राजस्व कार्यालयले उठायो ८ अर्ब ३१ करोड ९१ लाख राजस्व

तनहुँ राजस्व कार्यालयले उठायो ८ अर्ब ३१ करोड ९१ लाख राजस्व

तनहुँ । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।

कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend