२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपाल–बंगलादेश व्यापार : आयात तीन अर्ब हुँदा निर्यात २७ करोड मात्र

बिहिवार , चैत्र १३, २०८१

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैंया बराबरका मालसामान आयात भएको छ । यसैगरी २७ करोड ६८ लाख ५४ हजार रुपैंया बराबरको सामग्री उक्त मुलुक निर्यात भएको छ ।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रुपैंया बराबरको अप्रशोधित जुट आयात भएको छ ।

यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रुपैंयाको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बंगलादेश निर्यात भएको छ ।

द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट