
काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend