सोमबार, चैत्र १८ २०८१

सोमबार, चैत्र १८ २०८१

राजावादी र गणतन्त्र पक्षको आन्दोलनले आज काठमाडौंका यी स्थानमा ट्राफिक जामको सम्भावना भारी

राजावादी र गणतन्त्र पक्षको आन्दोलनले आज काठमाडौंका यी स्थानमा ट्राफिक जामको सम्भावना भारी

काठमाडौँ । आज काठमाडौं उपत्यकामा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गर्दै छन् । जसका कारण काठमाडौं सडक यात्रा आज अस्तव्यस्थ हुने सम्भावना देखिएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक जाम हुने सम्भावना देखिएको हो । राजावादी समूहले राजतन्त्रको पक्षमा तीन कुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा समाजवादी मोर्चामा संलग्न दलहरूले आन्दोलन गर्दैछन् ।

जसले गर्दा आज तीनकुने, माइतीघर, टुँडिखेल, पुतलीसडक आसपासमा अत्यधिक ट्राफिक जाम पर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सकेसम्म १० बजेभन्दा पहिले नै आफ्नो गन्तव्य स्थानमा पुगि सक्न प्रहरीले अनुरोध गरेको छ ।

ट्राफिक अवस्था बुझेर मात्र घरबाट निस्कन प्रहरीले अनुरोध समेत गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend