२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

राजावादी र गणतन्त्र पक्षको आन्दोलनले आज काठमाडौंका यी स्थानमा ट्राफिक जामको सम्भावना भारी

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौँ । आज काठमाडौं उपत्यकामा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गर्दै छन् । जसका कारण काठमाडौं सडक यात्रा आज अस्तव्यस्थ हुने सम्भावना देखिएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक जाम हुने सम्भावना देखिएको हो । राजावादी समूहले राजतन्त्रको पक्षमा तीन कुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा समाजवादी मोर्चामा संलग्न दलहरूले आन्दोलन गर्दैछन् ।

जसले गर्दा आज तीनकुने, माइतीघर, टुँडिखेल, पुतलीसडक आसपासमा अत्यधिक ट्राफिक जाम पर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सकेसम्म १० बजेभन्दा पहिले नै आफ्नो गन्तव्य स्थानमा पुगि सक्न प्रहरीले अनुरोध गरेको छ ।

ट्राफिक अवस्था बुझेर मात्र घरबाट निस्कन प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट