२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

प्रतिनिधिसभा बैठक आज: सरकारको विशेष सेवा विधेयक देखि राष्ट्र बैंक संशोधनसम्मका प्रस्ताव पेस हुँदै

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दोस्रो अधिवेशनको ३१औँ बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिहरू छलफलका लागि पेस गरिनेछन् ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसअघि मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् ।

यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नेछन् ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महत्त्वपूर्ण प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । जसमा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ तथा श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) समावेश छन् ।

आजको बैठकमा यी सम्पूर्ण विधेयक र महासन्धिहरूमाथि संसद्मा प्रारम्भिक छलफल अघि बढाइने सचिवालयले जनाएको छ ।

lq3zczikl7qthncx_0vuJWr5uxi.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट