२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

राष्ट्रिय सभा बैठक बस्दै: विनियोजन विधेयकमाथि उठेका प्रश्नको ९ मन्त्रीले जवाफ दिने कार्यसूची

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७औँ बैठक आज सोमबार अपराह्न १२ः१५ बजे बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट र कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।

बजेटमाथिको छलफलका क्रममा विभिन्न शीर्षकमा सांसदहरूले राखेका जिज्ञासा र मागबारे स्पष्ट पार्न आज ९ वटा मन्त्रालयका मन्त्रीहरू संसद्मा उपस्थित हुन लागेका हुन् । बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ प्रस्तुत गरिनेछ ।

यसैगरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटबारे उठेका प्रश्नको पनि सम्बन्धित मन्त्रीले स्पष्टीकरण दिने कार्यसूची रहेको छ । 

अघिल्ला बैठकहरूमा मन्त्रालयगत बजेट विनियोजनलाई लिएर सांसदहरूले उठाएका प्रश्न र आलोचनाको मन्त्रीहरूले आज विस्तृत रूपमा जवाफ दिने सचिवालयले जनाएको छ ।

dhjyqjzmbh8fwc1z_WjAFMW2dwU.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट