२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० ओलम्पियन खेलाडी सम्मानित

आइतवार , आषाढ २१, २०८३

कैलाली । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज यहाँ कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्‍याउने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

परिषद्ले सबैलाई जनही रु ७० हजारसहित दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।

बक्सिङका विष्णुबहादुर सिंह, बक्सिङकै डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका भरतबहादुर साउद, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सरस्वती भटराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना र पारा तेक्वान्दोका भरतसिंह महता सम्मानित भएका हुन् ।

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना र परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले दोसल्ला, प्रशंसापत्र र नगदसहित सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट