२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

पाराग्वेमाथि फ्रान्सको कठिन जित, एम्बाप्पेको निर्णायक गोलसँगै क्वार्टरफाइनलमा प्रवेश

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फियामा भएको रोमाञ्चक राउन्ड अफ १६ को खेलमा पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै फ्रान्सले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने । खेलको ७०औँ मिनेटमा फ्रान्सका डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै एम्बाप्पेले गोलमा परिणत गरे, जुन खेलको निर्णायक गोल साबित भयो ।

यो गोलसँगै एम्बाप्पेको जारी विश्वकपमा गोल संख्या सात पुगेको छ । उनी अर्जेन्टिनाका स्टार लियोनल मेसीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । यसका साथै, विश्वकप इतिहासमा मेसीको २० गोलको कीर्तिमानलाई पछ्याइरहेका एम्बाप्पे अब मात्र एक गोलले पछि परेका छन् ।

खेलभर फ्रान्सले पाराग्वेमाथि स्पष्ट दबाब बनाएको थियो । ५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको फ्रान्सले विपक्षीको पोस्टमा १५ वटा प्रहार गरेको थियो । यता रक्षात्मक रणनीति अपनाएको पाराग्वेले केवल पाँच प्रहार गर्न सक्यो, जसमा एउटा मात्र प्रहार लक्ष्यमा थियो ।

विश्वकपमा १८औँ पटक सहभागिता जनाइरहेको फ्रान्स इतिहासमा दसौँ पटक क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोको सामना गर्नेछ । यी दुई टोलीबीच सन् २०२२ को विश्वकपको सेमिफाइनलमा पनि भेट भएको थियो, जहाँ मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट