
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा १४ सय बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेको छ । आज तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० रुपैयाँ कायम भएको छ
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend