सोमबार, चैत्र १८ २०८१

सोमबार, चैत्र १८ २०८१

घिसिङ र शाक्यको निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा

घिसिङ र शाक्यको निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

यसैगरी नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पनि न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार न्यायाधीश मुसलमानको इजलासमा दुबै जनाको निवेदन पेशीका लागि सूचिकृत छ । घिसिङको निवेदन दोस्रोमा छ भने शाक्यको निवेदन पाँचौमा छ ।

घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गर्दै निवेदन दिएका हुन् ।

निर्देशक शाक्यले सेवा सुविधको माग गर्दै निवेदन दिएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend