२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एचआईडीसीएलले माग्यो सीईओ, आवेदनका लागि १५ दिनको म्याद

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन माग गरेको छ । कम्पनीले उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि १५ दिनको समयावधि तोकेर शुक्रबार आवेदन खुलाएको हो ।

आवेदनका लागि इच्छुक नेपाली नागरिकले जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानूनमा वाणिज्य वा कम्पनी कानून विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको, बैंकिङ, वित्तीय, कोष व्यवस्थापन, इन्जिनियरिङका क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय वा वरिष्ठ प्रबन्धक तह र नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

साथै, प्रथम श्रेणीमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि ३५ वर्ष पूरा गरेको र ५५ वर्ष ननाघेको हुनु पर्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट