२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

विपक्षी दलले छाडेनन् अडान, प्रतिनिधि सभाको बैठक १७ गतेसम्मका लागि स्थगित

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक १७ गते आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।

सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटाउने प्रयास सफल हुन सकेन ।

सरकारले विद्युत् प्राधिकरको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षले लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

विपक्षी दलहरूले सो विषयमा प्रधानमन्त्री केपी ओलीको सदनमा जवाफ नदिएसम्म संसद् अवरोध जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट