
काठमाडौं । प्रतिनिधि सभाको बैठक १७ गते आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।
सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटाउने प्रयास सफल हुन सकेन ।
सरकारले विद्युत् प्राधिकरको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षले लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।
विपक्षी दलहरूले सो विषयमा प्रधानमन्त्री केपी ओलीको सदनमा जवाफ नदिएसम्म संसद् अवरोध जारी राख्ने जनाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend