सोमबार, चैत्र १८ २०८१

सोमबार, चैत्र १८ २०८१

कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रका लागि काम अघि बढाउने बाटो खुला

कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रका लागि काम अघि बढाउने बाटो खुला

काठमाडौं । सर्वाेच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कुलमानले हितेन्द्रको नियुक्ति बदर गरी आफू्लाई पुनर्वहाली गराउन अन्तरिम आदेशलगायत परमादेश माग गरेका थिए ।

तर, अदालतले अन्तरिम आदेश जारी नगरेपछि हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकाज अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रबार उक्त मुद्दाको पहिलो बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कुलमान घिसिङको रिट निवेदनमाथि सर्वाेच्चले छलफलका लागि दुवै पक्षलाई आइतबार बोलाएको छ । दोस्रो नम्बरमा कुलमान घिसिङको र पाँचौं नम्बरमा हितेन्द्रदेव शाक्यको मुद्दा पेसीमा रहेकोमा दुवैलाई सँगै राखेर सुनुवाइ गरी आइतबारका लागि पठाउने जानकारी गराएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend