२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रका लागि काम अघि बढाउने बाटो खुला

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । सर्वाेच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कुलमानले हितेन्द्रको नियुक्ति बदर गरी आफू्लाई पुनर्वहाली गराउन अन्तरिम आदेशलगायत परमादेश माग गरेका थिए ।

तर, अदालतले अन्तरिम आदेश जारी नगरेपछि हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकाज अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रबार उक्त मुद्दाको पहिलो बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कुलमान घिसिङको रिट निवेदनमाथि सर्वाेच्चले छलफलका लागि दुवै पक्षलाई आइतबार बोलाएको छ । दोस्रो नम्बरमा कुलमान घिसिङको र पाँचौं नम्बरमा हितेन्द्रदेव शाक्यको मुद्दा पेसीमा रहेकोमा दुवैलाई सँगै राखेर सुनुवाइ गरी आइतबारका लागि पठाउने जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट