२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

तनावग्रस्त-तीनकुने : अराजक बने प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर [तस्बिरहरु]

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजतन्त्र पक्षधरहरुको प्रदर्शन उग्र भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त भएको छ ।

भीडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको छ ।

प्रदर्शनकारीले व्यक्तिको घरमा तोडफोड गर्दै आगजनी गरेका छन् । आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ भने ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन् ।

प्रहरीले तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट