
काठमाडौं । राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा गरेको आगजनी नियन्त्रण्मा लिने प्रयास जारी रहेको छ ।
तीनकुने क्षेत्रबाट लखेटिएका प्रदर्शनकारीहरुले जडिबुटी पुगेर आगजनी गरेका हुन् । राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका ९ वटा सवारी साधन जलेर नष्ट भएका छन्।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार मुख्य भवनसँगै पछाडि जोडिएको भवनमा तेल स्टोर गरेर राखिएको छ । ‘स्टोरमा आगो सल्किए जडीबुटी कम्पनी मात्रै होइन, जडीबुटी क्षेत्र नै जोखिममा पर्छ,’ यादवले भनिन् ।
उराजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा उनीहरु आगजनी र तोडफोडमा उत्रिएका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend