
काठमाडौं । आज तीनकुनेमा राजावादी प्रदर्शनकारीले जलाएको घरभित्र मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि भएको छ ।
राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका एभीन्युज टेलिभिजनका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।
एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन नसकेको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend