२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

क्षतिको अध्ययन गरेर जरिवाना तोक्ने काठमाडौं महानगरको तयारी

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक आन्दोलनबाट भएको क्षतिमा काठमाडौं महानगरपालिकाले जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।

महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेन साहको सचिवालयले जनाएको छ ।

धेरै क्षति भएकाले पनि अन्य राजनीतिक दल वा समूहले गरेको जस्तो फोहोरको मात्रै जरिवाना गरेर नहुने नगर प्रहरी बलका एक अधिकारीले बताए । उनका अनुसार क्षतिको सम्पूर्ण अध्ययन गरेर जरिवाना गर्ने तयारी महानगरले गरेको छ ।

शुक्रबार प्रदर्शनकारीहरुले महानगरकै दमकल समेत फुटाएका थिए भने ट्राफिक लाइट भत्काउने, आगजनी गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट