२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना [पत्रसहित]

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा राजावादीहरुले तोडफोड र आगजनी गरेका थिए ।

महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो । महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ ।

शुक्रबारको प्रदर्शनको कमाण्डर रहेका दुर्गा प्रसाईंले बिहीबार निर्मल निवास पुगेर पूर्वराजालाई भेटे गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट