
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा राजावादीहरुले तोडफोड र आगजनी गरेका थिए ।
महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो । महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ ।
शुक्रबारको प्रदर्शनको कमाण्डर रहेका दुर्गा प्रसाईंले बिहीबार निर्मल निवास पुगेर पूर्वराजालाई भेटे गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend