२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै, लागत ९१ लाख ३८ हजार

आइतवार , चैत्र १६, २०८१

तनहुँ । आँबुखैरेनी गाउँपालिकाकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो ।

ती सडक ९१ लाख ३८ हजार २१२ रुपैयाँ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।

भकुण्डी–बरालुङबेंसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८२४ रुपैयाँ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

लाब्दी–घुमाउने सडकमा स्थानीयले सात लाख ७५ हजार ६५७ रुपैयाँ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा जारी छ । यो बाटोमा स्थानीयले ५४ हजार ३८८ रुपैयाँ योगदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट