बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

Rescuers search for survivors trapped in the collapsed Sky Villa Condominium building in Mandalay on March 29, 2025, a day after an earthquake struck central Myanmar. Rescuers pulled a woman alive from the wreckage of a collapsed apartment building in Mandalay on March 29, AFP journalists saw, 30 hours after a devastating quake hit Myanmar. (Photo by Sai Aung MAIN / AFP)

म्यान्मा, एएफपी । म्यान्मामा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७।७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

म्यान्मामा कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको र करिब तीन हजार ४०८ जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशंका गरिएको छ ।

विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend