२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

शुक्रबारको आन्दोलनपछि पक्राउ परेका राजावादी नेता र कार्यकर्ताको म्याद थप गरिंदै

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । सरकारले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राजावादी नेता कार्यकर्तालाई आज म्याद थपका लागि लगिँदैछ ।

आन्दोलनको दिन राति पक्राउ परेका र शनिबार पक्राउ परेका राजावादीहरु माथि अनुसन्धान गर्नका लागि प्रहरीले आज भ्याद थप गर्ने भएको हो ।

हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ) का कमाण्डर लगायत रहेका छन् ।

राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलनका मुख्य व्यक्ति दुर्गा प्रसाईं भने अझै फरार छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट