बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

आज आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend