
काठमाडौं । निर्मल निवासले काठमाडौं महानगरपालिकाले पठाएको पत्र बुझ्न अस्विकार गरेको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई निर्मल निवासको गेटबाटै फर्काइएको हो ।
चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन र तोडफोडका क्रममा क्षति पुगेको भन्दै महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो।
जरिवाना तोकेको उक्त पत्र निर्मल निवासमा बुझाउन गएको नगर प्रहरीलाई गेटबाटै फिर्ता पठाइदिएपछि अब हुलाकबाट पत्र पठाउने तयारीमा महानगर छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend