२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

चैत्र २४ र २५ मा काठमाडौँमा आगलागी सुरक्षा र विद्युतीय प्रविधिको अन्तर्राष्ट्रिय सम्मेलन हुने

आइतवार , चैत्र १६, २०८१

काठमाडौं। नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी आयोजना हुने भएको छ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसनले यहि चैत्र २४ र २५ गते दरबारमार्गस्थित होटल याक एण्ड यतिमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आयोजना गर्ने तयारी गरेको छ।

आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधिहरू, उद्योग क्षेत्रका नेताहरू तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहने छ। आगलागी न्यूनीकरण र विद्युतीय सुरक्षाका क्षेत्रमा नवीनतम प्रविधि, प्रवृत्ति तथा उत्कृष्ट अभ्यासहरूबारे जानकारी प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले जानकारी दिए।

सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय विज्ञ तथा प्रमुख वक्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनाम लगायत १४ राष्ट्रका विज्ञहरू यस सम्मेलनमा आफ्नो प्रस्तुति दिनेछन्। छलफल सत्रहरू, कार्यपत्र प्रस्तुति तथा प्रविधि प्रदर्शनीमार्फत अग्नि सुरक्षा तथा विद्युतीय सुरक्षा प्रविधिहरूमा भइरहेको नवीनतम प्रगतिबारे जानकारी दिने लक्ष्य राखिएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनका लागि सहभागी दर्ता खुलिसकेको र सिमित सिट बाकी रहेकाले छिटो दर्ता हुन आयोजकले आग्रह गरेको छ। आयोजकहरूका अनुसार नेपालमा हरेक वर्ष आगलागीका घटनाले ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ। सरकारी तथा स्थानीय तहले विभिन्न प्रयासहरू गरिरहेका भए पनि समुदाय स्तरमा सचेतना अभिवृद्धि र नवीन समाधानको खोजी अझै आवश्यक रहेको निष्कर्ष निकाल्दै यो सम्मेलन आयोजना गरिएको हो।

आप्सा नेपालका कार्यक्रम निर्देशक सुरेश श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार प्याकुरेललगायतले यो सम्मेलन नेपालमा आगलागी न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान, नीति निर्माण र प्रविधि हस्तान्तरणमा मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट