२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

आजको प्रतिनिधि सभा बैठक : दोस्रो पटक सूचना टाँसेर स्थगित

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक दोस्रो पटक पनि स्थगित भएको छ ।

बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सवा १ बजेका लागि बोलाइएको थियो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका थिए ।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ(आफनो ठाँउबाट उठेका थिए । सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।

अहिले पुनः साढे ३ बजे बस्नेगरी दोस्रोपटक सूचना टाँस गरेर बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका लागि दलहरूसँग छलफल थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट