मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ, लिपिस्टिक, ऐना, गाजल बरामद

भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ, लिपिस्टिक, ऐना, गाजल बरामद

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकले गरेको प्रदर्शनपछि कोटेश्वरमा भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेको घटनामा संलग्न ९ जनालाई प्रहरीले सामानसहित पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोटेश्वर बस्ने आशिष सिंह, कोटेश्वर बस्ने प्रेमकुमार महतो, भारतीय नागरिक रविरञ्जन कुमार, नुवाकोटकी सुशिला कुमाल, धरानकी एलिसा राई र कोटेश्वरकी बालकुमारी कार्की, सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराल छन् ।

प्रहरीले उनीहरुको साथबाट ६९ वटा लिपिस्टिक, एउटा ऐना, २१ वटा गाजलसहित अन्य १२ वटा सामान पनि बरामद गरेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend