२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ, लिपिस्टिक, ऐना, गाजल बरामद

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकले गरेको प्रदर्शनपछि कोटेश्वरमा भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेको घटनामा संलग्न ९ जनालाई प्रहरीले सामानसहित पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोटेश्वर बस्ने आशिष सिंह, कोटेश्वर बस्ने प्रेमकुमार महतो, भारतीय नागरिक रविरञ्जन कुमार, नुवाकोटकी सुशिला कुमाल, धरानकी एलिसा राई र कोटेश्वरकी बालकुमारी कार्की, सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराल छन् ।

प्रहरीले उनीहरुको साथबाट ६९ वटा लिपिस्टिक, एउटा ऐना, २१ वटा गाजलसहित अन्य १२ वटा सामान पनि बरामद गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट