२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सोमबार सार्वजनिक बिदा

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदउलफित्रको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि (सोमबार) सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।

इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् ।

एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज ९मगरिब०को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट