
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदउलफित्रको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि (सोमबार) सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् ।
एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज ९मगरिब०को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend