२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ७८ हजार नजिक पुग्यो

सोमवार , चैत्र १७, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

आज सुनको मूल्य १ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । हिजो आइतबारको तुलनामा १ हजार १०० रुपैयाँले सुनको मूल्य बढेको हो । सोमबार सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यो मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट