२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

वरिष्ठ पत्रकार कोइरालाको पार्थिव शरीर समाजवादीको कार्यालयमा राखियो

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ ।

गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिव शरीरमा विभिन्न सञ्चारगृहका पत्रकार, पार्टीका नेतागण, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जली दिएका छन ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिएका हुन ।

अध्यक्ष नेपालले मुलुकको राजनीतिक, पत्रकारिता, कूटनीतिकलगायत क्षेत्रमा अनुभवी नेता कोइराला निष्ठावान् आदर्श व्यक्तित्व भएको बताउँदै उनको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । दिवङ्गत कोइराला वरिष्ठ लेखक र स्तम्भकार, पूर्वसांसद तथा राजदूतसमेत हुन । उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्यसमेत हुन। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट