२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कोशी प्रदेश सरकारले लगानी सम्मेलनका लागि पूर्व मुख्यमन्त्रीहरूसँग सुरु गर्यो छलफल

सोमवार , चैत्र १७, २०८१

विराटनगर । आगामी वैशाख १८ र १९ गते कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने सुनिश्चित भएपछि प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरु गरेको छ।

गत माघ महिनामा लगानी सम्मेलन गर्नेगरी तयारी गरेको प्रदेश सरकारको लगानी सम्मेलन प्राविधिक कारणले पछि सरेको थियो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पूर्व मुख्यमन्त्रीहरुसँग कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन, यसको सम्भावना ,अवसर र चुनौतीका विषयमा छलफल गरेका थिए ।

प्रदेश सरकारका पूर्व मुख्यमन्त्री भीम आचार्य, उद्धव थापा लगायतको छलफलमा सहभागिता रहेको थियो। प्रदेश सरकारका मन्त्री, सचिव समेत सहभागी भएको सो छलफलमा पूर्व मुख्यमन्त्रीहरुले लगानी सम्मेलनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । छलफलमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचना लाई अघि बढाउन कठिनाइ भइरहे पनि भविष्यको सुन्दर यात्रा तय गर्न र प्रदेशलाई लगानी मैत्री बनाउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए । मुख्यमन्त्री कार्कीले पहिलोपटक लगानी सम्मेलन भएकाले यसमा देखिएका समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्ने बताए । आफ्नो बाटो आफै तय गर्दै अघि बढ्नुपर्ने बाध्यतामा प्रदेश सरकार रहेको र यो लगानी सम्मेलनको माध्यमबाट प्रदेशको यात्रा तयार गरेर अघि बढ्ने स्पष्ट पारे ।

पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेशको प्रदेशको ऐन कानुन र संघीय कानुनहरू संशोधन गरेर लगानीकर्तालाई सहज वातावरण सिर्जना गर्न जोड दिए । उनले संघीय सरकारसँग समन्वय गरेर जटिल प्रकृतिका ऐनहरु सुधार गर्न ध्यान दिनुपर्ने बताए । प्रदेश सरकारले संघीय सरकारसँग पहल गरेर कतिपय करहरू छुट दिन सकिन्छ भने त्यसतर्फ पनि लाग्नुपर्नेमा उनको जोड दिए । यस्तै पूर्व मुख्यमन्त्री भीम आचार्यले नयाँ र सिर्जनात्मक परियोजनाहरू तयार गरी लगानी सम्मेलनमा अगाडि बढाउनुपर्ने बताए । उनले पानी ,वन र खानीसँग जोडिएका आयोजनाहरूलाई सञ्चालन गर्न सके आर्थिक लाभ लिन सकिनेमा जोड दिए । लगानीकर्तालाई सरलीकृत वातावरण सिर्जना गर्ने र सुशासन तर्फ पनि ध्यान दिने हो भने प्रदेशमा धेरै लगानी भित्र्याउन सकिने उनले बताए ।

उत्पादन र रोजगारसँग जोडिएका परियोजना अगाडि बढाएर जानुपर्नेमा जोड दिँदै उनले यसका लागि प्रदेश सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । २०८२ वैशाख १८ र १९ गते हुने लगानी सम्मेलनका लागि प्रदेश सरकारले करिब एक खरब लगानी भित्र्याउने तयारी गरेको छ। कृषि ,उद्योग ,पर्यटन पूर्वाधार ,ऊर्जा ,सूचना प्रविधि र फोहोर मैला व्यवस्थापन गरेर करिब एक खरब ३९ अरबको परियोजना प्रदेश सरकारले सोकेसिङ गर्ने तयारी गरेको छ। कृषिमा र उद्योगमा नौर नौवटा वटा पर्यटनमा १५ वटा पूर्वाधारमा १४ वटा ऊर्जामा तीनटा सूचना प्रविधिमा दुईवटा र फो फोहोर मैला व्यवस्थापनमा दुईवटा गरेर ५४ वटा परियोजनालाई छलफलको लागि अगाडि बढाइएको लगानी प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिए ।

सबैभन्दा बढी ६५ अरब ४० करोडको उद्योग त्यस्तै ३५ अर्ब ९७ करोडको पर्यटन क्षेत्रका लगानीका परियोजना लगानी सम्मेलनमा लैजान लागिएको छ। प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ल्याउने गरी तयारी समेत अन्तिम चरणमा पुर्याएको छ। तयारी अन्तिम चरणमा पुगेसँगै सरोकारवालासँगको छलफल र कार्यक्रमलाई भव्यता दिन सरकारले आवश्यक काम अगाडि बढाइसकेको छ। सरकारले आफ्ना १२ वटा ऐन संशोधन गर्ने र दुईवटा नयाँ ऐन संसद मार्फत अगाडि बढाउने गरी काम गरिरहेको समेत छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट