२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

आज २०८१ साल चैत १९ गते मंगलबारको राशिफल

मंगलवार , चैत्र १८, २०८१

मेष : दिन राम्रो छ। मनमा शान्ति मिल्नेछ। ठुलालाई सम्मान गरेर अगाडि बढ्नुपर्नेछ। सम्पत्ति बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। सानो कमजोरीले ठुलो क्षति हुने हुँदा व्यवहारमा सचेत बन्नुपर्नेछ।

वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। साथीभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

मिथुन : पूर्व कर्म सम्झिएर हिनताबोध हुनेछ। विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। सम्पत्ति सञ्चित गरेमा फाइदा हुनेछ। परिवारको साथ मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। शेयरमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने चासो बढ्नेछ। प्रतिक्षा गरेमा परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारभित्रबाट भन्दा बाहिरका व्यक्तिले प्रशंसा गरेको सुन्न पाइने छ।

कन्या : खानपानमा रुचि नहुने जोखिम रहनेछ। परिवारले असहयोग गर्दा मन दुःखी हुनेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

तुला : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। रोगबाट मुक्त हुने सम्भावना धेरै छन्। शिक्षामा प्रगतिका लागि मिहिनेत गर्नुपर्नेछ। आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको सदुपयोग हुनेछ।

वृश्चिक : दिन सामान्य छ। मन अशान्त बन्ने जोखिम छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लेखन सिर्जनामा सक्रिय भए उन्नति हुनेछ। विपक्षीको साथले महत्त्वपूर्ण काम बन्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। इज्जतमा दाग लाग्ने हुनाले सचेत बन्नुपर्ने समय छ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : साढेसातको प्रभाव कडा देखिन्छ। टाउको दुख्ने समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : धनलक्ष्मी योग परेकाले सोचेका काम सहज बन्नेछन्। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा साथीलाई नसुनाउँदा फाइदा हुनेछ। गल्ती अरुले गरे पनि दोष तपाईंमाथि आइपुग्ने हुँदा काम गर्दा विशेष ध्यान दिनुपर्ने समय छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट