
काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको हो ।
महासंघका अनुसार अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend