२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ रेकर्ड

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको हो ।

महासंघका अनुसार अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट