काठमाडौँ । अभिनेत्री परमिता आर एल राणा नेपाली फिल्ममा चलेकी छिन् भनेर भन्ने कि के भन्ने । जे होस् उनको चर्चा बेलाबेला भइनै रहन्छ । परमिताको फिल्मको कुरा गर्ने हो भन्ने उनले अभिनेता आयुष्मान जोशीसँग चपली हाईट २ नामक चलचित्रबाट नेपाली चलचित्र उद्योगमा पदार्पण गरेकी थिइन्।
त्यसपछि उनले रोज, चङ्गा चेट, कर्मा आदि फिल्ममा काम गरिन तर उनले खेलेको फिल्म बक्स अफिसमा खासै चल्न सकेन । अहिले उनको हातमा फिल्म नै छैन भन्दा फरक नपर्ला । तर, परमिताको फेसनको कुरा गर्ने हो भन्ने उनी सधैँ अवल देखिन्छिन् ।
उनी अहिले दूबैँमा छिन् । उनी भ्यालेन्टाईनको दिन भेकेसन मनाउन दुबैँ उडेकि हुन । उनको दूबैँमा खिचिएको फोटो ईन्स्टाग्राममा राम्रै सँग शेयर गरेकि छिन् जस्मा उनी निकैँ स्टाइलिस छिन् ।
उनी केहि समय अघि मिस युनिभर्स ब्यूटी पेजेन्टमा सहभागी जनाएकि थिईन् । फिल्ममा उनको उपस्थिती कम भएता पनि फेसन फेसन मोह भने राम्रो हो ।