२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयको कार्यकक्ष बाटै

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन ‘क्रिकेट स्टेडियम’ को सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन्।

सहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै उनले आगामी दिनमा दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न आठ घण्टाका दरले अहिले तिन सिफ्टमा काम पनि भइरहेको छ ।

उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्नेगरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुपर्नेमा जोड दिएका छन्। सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्नेगरी काम भइरहेको र अब नियमित रूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताए। “आजदेखि मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ”, उनले भने, “निर्धारित समयमै काम सक्नका लागि उहाँको चासो छ ।”

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए। आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्नेगरी मन्त्रालयले काम गरिररहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट