सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल

मेष : दिन राम्रो छ। लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्नुपर्ने दिन छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रगोग गर्नु उचित हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। राजनीतिक दलसँगको सहकार्यमा घाटा हुनेछ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। व्यापारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक अगुवासँगको सहकार्यले सफलता मिल्नेछ। विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ।

कर्कट : दिन राम्रो छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। भोजमा सहभागी हुँदा खानपानमा सचेत बन्नुपर्नेछ। खानपानका कारण रोग बढ्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा र वृहस्पति पुगेकाले तपाईंले गरेका प्रयास सफल बन्नेछन्। परिवारलाई गरेको विश्वासले घाटा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले शिक्षामा जोश र जाँगर बढ्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

तुला : दिन सामान्य छ। काम तपाईंले गरे पनि फाइदा अरुले नै लिनेछन्। श्रमको मूल्य प्राप्त नहुँदा मन दुःखी बन्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : दिन सामान्य राम्रो छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा अप्ठेरो अवस्था आइपुग्न सक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथीको अवरोध रहने भएकाले हरेक क्षेत्रमा सक्रिय हुनुपर्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ।

मकर : लगानीको क्षेत्रमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी शान्त रहेकाले आफ्नो काम गर्न सहज वातावारण बन्नेछ।

कुम्भ : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : काममा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए थप मिहिनेतको खाँचो देखिन्छ। खानपानमा समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend