
काठमाडौँ । आजबाट देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै छन् ।
उनीहरुले काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका हुन् । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेको हो ।
यता शिक्षा समितिले भने आन्दोलन नगर्न आग्रह गर्दै सहमतिमा आउन आग्रह गरेको छ ।
शिक्षकहरुको आन्दोलन आज दिउँसो विभिन्न स्थानबाट र्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ।
भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारीको माग राख्दै शिक्षकहरुले आन्दोलन गर्न लागेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend