
काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा परेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा छ ।
आज भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ । भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ ।
तेस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ त्यहाँको वायुको एक्यूआई आज १७८ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend