सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भाटभटेनीका बहादुर सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित पुरस्कृत, पाँच ग्रेड बढुवा

भाटभटेनीका बहादुर सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित पुरस्कृत, पाँच ग्रेड बढुवा

काठमाडौं । भाटभटेनी सुपरमार्केटले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।

गत चैत १५ गते राजावादीहरुले आयोजना गरेको आन्दोलनका क्रममा भाटभटेनी लुट्न पुगेका लुटेराहरुलाई भगाएर बहादुरी देखाएका उनलाई आज भाटभटेनीले एक कार्यक्रमका बीच नगद सहित पुरस्कृत गरेको हो ।

भाटभटेनीले पराजुलीलाई ५ लाख रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो । उनलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।

कार्यक्रममा लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अरु कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।

सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको भाटभटेनीले जनाएको छ ।

यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

पराजुली लुटेराहरूलाई लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । २२ वर्षदेखि पराजुली भाटभटेनीमा सुरक्षा गार्डको रुपमा काम गर्दै आइरहेका छन् ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend