२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , चैत्र १९, २०८१

काठमाडौँ । मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँ घटेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला एक लाख ७९ हजार सात सय रुपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट