
काठमाडौं । गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आन्दोलनका क्रममा मृत्यु भएका २ जनालाई भाटभटेनी सुपरमार्केटले राहात स्वरुप नगद दिने भएको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक परिवार र सविन महर्जनको परिवार आर्थिक राहत दिने बताएका छन्
बुधबार एक कार्यक्रमबीच पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गुरुङले गरेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend