२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

तीनकुने घटना : '५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो'

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए । ५८ राउन्ड गोली प्रहार गरेको घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको उनले बताए । ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको पनि उनले बताए ।

प्रहरीका अनुसार, गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रवक्ता आचार्यले उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईँको खोजी कार्य जारी रहेको पनि जानकारी गराए ।

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुढा समेत भएको प्रहरीले जनाएको छ ।

तीनकुने घटनामा दुईजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट