
काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए । ५८ राउन्ड गोली प्रहार गरेको घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको उनले बताए । ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको पनि उनले बताए ।
प्रहरीका अनुसार, गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रवक्ता आचार्यले उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईँको खोजी कार्य जारी रहेको पनि जानकारी गराए ।
तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुढा समेत भएको प्रहरीले जनाएको छ ।
तीनकुने घटनामा दुईजनाको मृत्यु भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend