२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

जुम्लाका दुई विकट वडा सडक सञ्जालमा जोडिए

बिहिवार , चैत्र २०, २०८१

जुम्ला । तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले बताए ।

गाउँपालिका अध्यक्ष चौलागाईंले भने, 'सडक सञ्चालन भएसँगै तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दाहरूले लामो बाटो हिँड्नुपर्ने कष्टबाट मुक्ति पाएका छन् । यसअघि यी वडाका बासिन्दाले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो ।'

'सडक निर्माणलाई पालिकाले विशेष प्राथमिकतामा राखेर काम गरेको छ ।' विकट क्षेत्रलाई पालिकाको केन्द्रसँग जोड्ने योजना सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिए । सडकलाई कालोपत्र गर्न बजेट अभाव रहेकाले हाललाई ग्राभेलसम्म गर्ने योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट