बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

काठमाडौं महानगरमा तनाव, हाजिर गर्न पुगेका गुरागाईँ गेटमै रोकिए

काठमाडौं महानगरमा तनाव, हाजिर गर्न पुगेका गुरागाईँ गेटमै रोकिए

काठमाडौं । काठमाडौं महानगरपालिकामा तनाव भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज महानगरपालिकामा हाजिर हुन पुगेका थिए ।

तर मेयर बालेन शाहले गेटमै नगर प्रहरी तैनाथ गरेपछि थप तनावको अवस्था सिर्जना भएको हो ।

कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गरेपछि नगर प्रहरीले हस्तक्षेप गरेपछि तनावको अवस्था भएको हो ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend