२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

काठमाडौं महानगरमा तनाव, हाजिर गर्न पुगेका गुरागाईँ गेटमै रोकिए

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकामा तनाव भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज महानगरपालिकामा हाजिर हुन पुगेका थिए ।

तर मेयर बालेन शाहले गेटमै नगर प्रहरी तैनाथ गरेपछि थप तनावको अवस्था सिर्जना भएको हो ।

कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गरेपछि नगर प्रहरीले हस्तक्षेप गरेपछि तनावको अवस्था भएको हो ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट