
काठमाडौं । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै राजधानीमा आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । उनीहरूले उठान गरेका विषयबारे मन्त्रालय जानकार रहेको पनि मन्त्रालयले जनाएको छ ।
‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् । यद्यपी, भर्खरै संसदको हिउँदे अधिवेशन अन्त्य भएकोले सम्भव भने छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend