२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निर्देशकको पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको रिटको सुनुवाइ सकिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । दुवैको रिटमा आजै आदेश आउने सम्भावना भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो। घिसिङले शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन् भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गर्दै शाक्यले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट