२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

क्यान्सर पीडित मोहन थापालाई ह्वीलचेयर स्कूटर हस्तान्तरण

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । एनआरएनए जापान नागानो क्षेत्रीय समिति, नेपाल समाज नागानो केन जापान र नेपालमा देब छाँया फाउन्डेशनको सहकार्यमा ललितपुर लामाटारमा बासोबास गर्दै आएका मोहन थापालाई एक कार्यक्रमबीच ह्वीलचेयर स्कूटर हस्तान्तरण गरिएको छ ।

केइची इशिकावा र मनामी इशिकावा साथै एनआरएनए नागानो केनका संयोजक तथा देब छाँया फाउन्डेशनका संस्थापक नन्दराज रेग्मी र गलकोट समाजका उपाध्यक्ष डिलाराम गैरे लगायतको उपस्थितिमा थापालाई ह्वीलचेयर स्कूटर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा समाजसेवीका साथै कलाकार, पत्रकार र गायकहरूलाई सम्मान गरिएको थियो । सम्मानित कलाकारहरूमा कलाकार, लेखक तथा निर्देशक सुरज खनाल, बिनोद राई, लेखान्त भुसाल लगाएत रहेका छ्न । पत्रकार सानु श्रेष्ठ, वर्षा खनाल, श्यामहरि शिवभक्ति तथा गायक मोतिराज खनाललाई समेत पत्रकारिता सम्मान गरिएको थियो ।

सम्मानित कलाकार पत्रकारहरुले यसरी समाजसेवा, स्वास्थ्य सहायता र नेपाली कलाकारिता तथा पत्रकारिताको योगदानलाई उजागर गर्ने यस अभियानमा जोडिन पाउँदा खुशी लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट