२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

पत्रकार सम्मेलन गर्दै कुलमान

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै छन् ।

आफ्नो धारणा सार्वजनिक गर्न उनले आज पत्रकार सम्मेलनको अयोजना गर्न लागेका हुन् । कुलमानले १२ बजेर ३० मिनेटमा इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै छन् ।

चार महिना कार्यकाल बाँकी हुँदाहुँदै सरकारले हटाएपछि सार्वोच्च अदालत पुगेका कुलमानलाई अदालतले पनि अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो भने कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिने निर्णय सरकारले गरेको थियो ।

सरकारको निर्णय विरुद्ध कुलमान सर्वोच्च पुगेका थिए । सर्वोच्चले कुलमानलाई अन्तरिम आदेश दिन मानेन् ।

कुलमान दोस्रो पटक २०७८ साउन २५ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट