
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज सहजरुपमा कार्यालय प्रवेश गरेका छन् । शुक्रबार नियमित काममा लागि कार्यालय पुगेका उनी कार्यालय जाँदा कुनै अवरोध सृजना भएको थिएन।
शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् । महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् ।
यस्तै महानगरमा भइरहेको कामहरू बुझ्न विभागीय प्रमुखहरूसँग बैठक बसेको पनि गरागाईँले जानकारी दिएका छन् ।
बिहीबार उपमेयर सुनिता डंगोलसहित वडाध्यक्ष र कर्मचारीहरूको सहयोगमा गुरागाईं नगर प्रहरीको अवरोधलाई छिचोलेर कार्यकक्ष प्रवेश गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend