२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

बक्यौता उठाउने मेरो प्रयास नै बर्खास्तीको प्रमुख कारण : कुलमान घिसिङ

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अबको दिनमा एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन आफू तयार भएको बताएका छन् ।

निर्देशक पदबाट बर्खास्तीमा परेपछि पहिलो पटक आफ्ना धारणा सार्वजनिक गर्न उनले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए । उक्त सम्मेलनमा बोल्दै उनले निष्ठाका साथ देश र जनताको सेवामा खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरे । उनले लोडसेडिङ अन्त्य कुनै चमत्कारले नभई इमान्दार प्रयासले भएको पटकपटक बताउँदै आएको पनि स्पष्ट पारे ।

उनले भने, ‘जलस्रोतको धनी देशमा करिब ८ वर्षअघि हिँउदमा १५र१६ घण्टा र बर्खामा पनि ९ घण्टासम्म लोडसेडिङ हुनु आम विषय जस्तै थियो । लोडसेडिङ सदाको लागि बिदा गरी देशलाई उज्यालो बनाउने अभियानसँगै घरर कार्यालयमात्र होइन वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो । लोडसेडिङको अन्त्य कुनै चमत्कार होइन, एउटा इमान्दार प्रयास थियो भनेर मैले धेरै पटक भनेको छु ।’

आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले पदबाट हटाएको बताए। बक्यौता उठाउने आफ्नो प्रयास नै बर्खास्तीको प्रमुख कारण बनेको बताउँदै 'बक्यौता उठाउनु अपराध हो ?' भन्ने प्रश्न गरे । आगामी दिनमा यस्ता प्रहार आफूमाथि भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट